उत्तराखण्डमा आएको आँधीबेहरीका कारण तिर्थयात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

उत्तराखण्डमा आएको आँधीबेहरीका कारण तिर्थयात्रु अलपत्र

uttarakhand

एजेन्सी, २० बैशाख । भारतको उत्तराखण्डमा आएको आँधीबेहरीका कारण विभिन्न मूलकबाट आएका तिर्थयात्रु समस्यामा परेका छन् । आँधीका कारण केदारनाथ, बद्रिनाथ र रुद्र प्रयाग दर्शनका लागि आएका तिर्थयात्रु बिचबाटोमा नै अलपत्र परे ।

केही दिन देखिको भारतको विभन्न स्थानमा आएको आँधीबेहेरीमा परी हालसम्म ३९ जनको मृत्यु भइसकेको छ भने सय जना भन्दाबढी घाइते भएका छन् । आँधीबेहेरी सँगै आएको भारी बर्षाका कारण तीर्थ यात्राका लागि भारतको उत्तरखण्ड पुगेका तीर्थयात्रुसमेत समस्यामा परे । विन्भिन देशबाट तीर्थाटनका लागि निस्केका यात्रुले गन्तब्य स्थल बद्रीनाथ र केदारनाथको यात्रा रोक्नुपर्‍यो ।

तथापी मौषममा सुधार आएसँगै उनीहरुको यात्रा शुरु भएको छ । आँधी बेहरीका कारण सडकमा ठूला–ठूला रुखहरु ढल्नुका साथै ठाउँठाउँमा पहिरो जाँदा अबरोध सिर्जना भएको थियो । अवरोध पन्छाएपछि यातायात सूचारु भएको छ । केही स्थानमा बिजुलीको पोल भाँसिदा बिद्युत आपूर्ती भने अझै बन्द रहेको जनाइएको छ ।

उत्तराखण्डमा नैनीताल, अलमोडा, देहरादुन हरिद्धारमा आँधीसहित पानी परेको थियो । बद्रीनाथ, केदारनाथ, गंगात्री र यमनोत्रीमा बर्षाका कारण चिसो बढेको छ । पंजाव, बंगाल, राजस्थान प्रान्तको बिभिन्न स्थानमा आँधीबेरी र चट्याङमा परी ३९ जनाले ज्यान गुमाएका छन भने सय जना भन्दा बढी घाइते भएका छन । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

भारतको राजधानी नयाँ दिल्लीमा पनि ६० किलोमिटर प्रतिघण्टाको गतीमा आँधी चलेपछि विमानस्थलसमेत प्रभावित भएको थियो । पश्चिम बंगालमा चट्याङबाट ८ जना र पर्खाल खसेर २ जनाको मृत्यु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीबेरीका कारण उत्पन्न परिस्थितीप्रति दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारमा समबेदना प्रकट गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);