बद्रीनाथ राजमार्गको एक भाग भत्कियो, हजार तीर्थयात्री अलपत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बद्रीनाथ राजमार्गको एक भाग भत्कियो, हजार तीर्थयात्री अलपत्र

एजेन्सी, ९ साउन । भारतको उत्तरी राज्यहरूमा भारी वर्षा जारी छ । जसका कारण यी राज्यहरूमा बाढीजस्तो अवस्था रहेको छ । पहाडी राज्य हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षाले सडक अवरुद्ध भएको छ ।

उत्तराखण्डको चमोली जिल्लामा बद्रीनाथ राष्ट्रिय राजमार्गको करिब २०० मिटर बगेको छ । राजमार्ग अवरुद्ध हुँदा १ हजारभन्दा बढी तीर्थयात्री विभिन्न स्थानमा अलपत्र परेका छन् ।

हिमाचल प्रदेशमा जुनदेखि हालसम्म करिब ३५ वटा बादल फुटेका घटना भएका छन् । पछिल्लो २४ दिनमा २७ पटक बादल परेको छ । बाढीका कारण १ सय ५८ जनाको मृत्यु भएको छ । ६०६ घर भत्किएका छन् भने ५३६३ घरमा क्षति पुगेको छ ।

योसँगै दिल्लीमा फेरि बाढीको अवस्था सिर्जना भएको छ । यमुना अझै खतराको निशान माथि छ। मंगलबार बिहान पानीको सतह २०५ दशमलव ४५ मा रेकर्ड गरिएको थियो । आज पनि यहाँ पानी पर्ने सम्भावना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);