रुसद्धारा कीभमाथि हवाई आक्रमण, क्षतिको विवरण आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रुसद्धारा कीभमाथि हवाई आक्रमण, क्षतिको विवरण आउन बाँकी

कीभ, ९ साउन । रुसले मंगलबार बिहान युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको छ । समाचार एजेन्सी रोयटर्सले युक्रेनको सैन्य प्रशासनलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले रुसले किभको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको बताए । यद्यपी युक्रेनको वायु रक्षा प्रणालीले आक्रमणलाई रोक्ने काममा जुटेको छ । यस हमलामा कति हताहत भएका छन् भन्ने विवरण आउन बाँकी छ ।

यसअघि आइतबार रुसले युक्रेनको बन्दरगाह सहर ओडेसामा शक्तिशाली मिसाइल हमला गरेको थियो । आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);