रुस युक्रेनमाथि ठूलो हवाई आक्रमणको तयारीमा रहेको नेटोको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रुस युक्रेनमाथि ठूलो हवाई आक्रमणको तयारीमा रहेको नेटोको दाबी

एजेन्सी । उत्तर एटलान्टीक सन्धी संगठन नेटोले रुस युक्रेनमाथि ठूलो हवाई आक्रमणको तयारीमा रहेको दाबी गरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको १ वर्ष पुग्नै लाग्दा मस्कोबाट अबको रणनीतिका सम्बन्धमा विभिन्न अडकलबाजिकाबीच नेटोले यस्तो दाबी गरेको हो । युक्रेनी सीमा क्षेत्र नजिक ठूलो संख्यामा रुसी लडाकु विमान र हेलिकोप्टरहरु तैनाथ गरेको दावी गर्दै नाटोको जासुसी संयन्त्रले आक्रमण हुने सुचना दिएको अन्तराष्ट्रिय संचार माध्यउमहरुले जनाएका छन् ।

अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले बेल्जियमको ब्रसेल्सस्थित नेटो मुुख्यालयमा युक्रेनको हवाई सुरक्षा बलियो नभएकाले रुसले त्यसलाई झन क्षत–विक्षत पार्न चाहेको बताउनुभयो । रुसँग प्रयाप्त मात्रामा विमानहरु रहेको भन्दै अस्टिनले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रक्षामन्त्री अस्टिनले युक्रेनले पनि रुसमाथि ठूलो जवाफी आक्रमण गर्ने मन्त्री अस्टिनले बताउनु भयो ।

युक्रेनलाई आवश्यक परेसम्म आफूहरूको सहयोग रहने स्पष्ट गर्दै अमेरीकी रक्षामन्त्री अस्टीनले सहयोगी राष्ट्रहरूले युक्रेनलाई हतियार पठाउने तयारी गरिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);