युक्रेनका विभिन्न भागमा रुसको हवाई हमला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युक्रेनका विभिन्न भागमा रुसको हवाई हमला

एजेन्सी । रुसले युक्रेनको राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ ।

युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको हो । किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हँुदा सर्वसाधारण चिन्तित छन् । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्क्रिय पारिएको युक्रेनी सेनाले जनाएको छ ।

रुसी आक्रमणबाट मानवीय क्षति भने नभएको बताईएको छ । विष्फोटक पदार्थ बोकेका ड्रोन र लडाकू विमान तथा समुद्रबाट क्रुज मिसाइलले ऊर्जा केन्द्र र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रनका जनताको जीवनलाई कष्टकर बनाईएको छ । आक्रमणको यो शृङखला गत एक महिनादेखि जारी छ । रुसी आक्रमणलाई निस्तेज पार्न राजधानी किएभको हवाई रक्षा प्रणाालीलाई सक्रिय पारिएको छ । राजधानीमा किएभमा बिजुली बन्द हुने चेतावनी दिँदै पानी भण्डारण गर्न तथा विद्युतीय उपकरणहरु चार्ज गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले शीतकालीन बिदामा रुसले क्षेप्यास्त्र आक्रमण गरेकामा त्यसको निन्दा गर्दै त्यसलाई रुसी मूर्खता र बर्बरताको संज्ञा दिएका छन् । युक्रेनी सेनाले देशको उत्तरपूर्वी र दक्षिणमा रुसले कब्जा गरेका क्षेत्र फिर्ता लिएको छ भने औद्योगिक डोनबास क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरिरहेको छ । युक्रेनलाई वार्ताका लागि बाध्य पार्न ऊर्जा संरचना र अन्य प्रमुख भौतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);