सर्लाहीमा नगर भित्रका विद्यालय कर्मचारीहरु दुई दिने धर्नामा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सर्लाहीमा नगर भित्रका विद्यालय कर्मचारीहरु दुई दिने धर्नामा

सर्लाही । सर्लाही हरिपुर नगरपालिकाका विद्यालय कर्मचारीहरु दुई दिने धर्नामा बसेका छन् ।

हरिपुर स्थित नगरपालिका विद्यालय कर्मचारी तथा बालविकास शिक्षकले संयुक्त रुपमा हिजोबाट देखि आज (शुक्रबार) सम्म धर्ना जारी रहने जनाएको छ ।

बैठकले श्रम तथा पारिश्रमिक सम्बन्धि नेपाल सरकारलेको प्रतिबद्धता अनुसार आर्थिक वर्ष ०७८ र ०७९ को बजेटको वक्तब्य मार्फत विद्यालय कर्मचारी बाल विकास शिक्षकले न्युनतम पारिश्रमिक संघिय सरकार ८ हजार र ७ हजार स्थानीय तहबाट गरी रु १५ हजार व्यवस्था हुने भनिए पनि पुनः दोस्रो पटक ध्यानाकर्षण सहित अनुरोध गरिएको नेपाल शिक्षक महासंघ हरिपुर नगर समितीले जनाएको छ ।

महासंघले बुधबार जिला प्रशासन कार्यालय सर्लाही ,जिल्ला शिक्षा तथा समन्वय इकाई सर्लाही र हरिपुर नगरपालिका शिक्षा शाखा प्रमुखलाई दोस्रो पट्क ध्यानाकर्षण पत्र समेत पठाएका हुन् । हरिपुर स्थित नगरपालिकाको कार्यालयमा नगर भित्रका विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरु धर्ना कार्यक्रममा सहभागी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);