बिरामी स्वास्थ्य परीक्षण गर्न नमान्ने अस्पताको इजाजत रद्द गर्न प्रदेश २ सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बिरामी स्वास्थ्य परीक्षण गर्न नमान्ने अस्पताको इजाजत रद्द गर्न प्रदेश २ सरकारको निर्देशन

pradesh 2 karyalaya

जनकपुर, १९ चैत । प्रदेश २ सरकारले बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको आशंकामा सामान्य रुघाखोकी लागेकालाई समेत उपचार नगरी फर्काइन थालेपछि प्रदेश २ सरकारले यस्तो कदम चालेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आठै जिल्लाका सुरक्षा र प्रशासनका अधिकारीसंगको छलफल पछि बिरामी नजाँचकिनै फर्काउने नीजि अस्पताल र नर्सिङहोमको इजाजत नै रद्ध गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकको सूची तयार गरी प्रदेश सरकारमा पठाउनसमेत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको जनाइएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपचारमा हेलचेक्य्राइँ र लापरबाही गर्ने स्वास्थ्य संस्थाको इजाजत रद्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्रचार गरिसकेको जनाइएको छ । यसैगरी प्रदेश २ ले अन्तर प्रदेश प्रवेशमा पनि बुधवारदेखि रोक लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);