स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

bhanubhakta dhakal

काठमाडौं, १९ चैत । स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिनुभएको हो ।

बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप लगाउँदै पौडेलले अख्तियारमा उजुरी दिनुभएको हो ।

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्नुभएको छ । विवादका कारण सरकारले चीनबाट खरिद गरेको ७५ हजारथान र्यापिड टेस्टिङ किट अहिलेसम्म प्रयोगमा ल्याएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);