इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

लमजुङ। इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैधले बताए ।

हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता गरिनेछ । हातहतियार तोकिएको समयमा नबुझाए कानुननुसार कार्बाही गरिनेछ ।

Leave a Reply

ताजा समाचार