मंसिर १० गतेभित्र इजाजतप्राप्त हतियार बुझाउन गृहको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मंसिर १० गतेभित्र इजाजतप्राप्त हतियार बुझाउन गृहको आग्रह

ministry of home

काठमाडौं, ७ असोज । गृह मन्त्रालयले व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै गृह मन्त्रालयले व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो ।

मन्त्रालयले शनिवार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मंसिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको छ ।

सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउनु पर्ने उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);