निर्वाचन अवधि भर मदिरा विक्री एवम् सेवनमा निषेध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिन्धुली, १९ मंसिर। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि सिन्धुलीमा होटल सञ्चालनको अवधि घटाइएको छ भने मदिरा विक्री निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज बेलुकाबाट २१ गतेसम्मका लागि होटल, रेष्टुरेन्ट राति ८ बजेपछि सञ्चालनमा रोक लगाएको हो । निर्वाचनलाई भयरहित बनाउन मदिरा विक्रीमा पनि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले अबैध तथा इजाजत प्राप्त हातहतियार लिएर हिँडे कारबाही गरिने चेतावनी पनि दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);