कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १९ मंसिर। बुधबार देखि कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा सुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान सुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं–कुवेत सिधा हवाई उडानबाट नेपाल–कुवेतसम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);