चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेका लागि राहत उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेका लागि राहत उपलब्ध

khadyanna

काठमाडौं, २ जेठ । शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहत स्वरुप खाद्य सामग्री उपलब्ध गराउनु भएको छ । चलचित्र निर्माता संघ र चलचित्र समन्वय एवं प्रवद्र्धन समिति मार्फत चलचित्र क्षेत्रमा दैनिक श्रम गरी जीविकोपार्जन गर्दै आएकाहरुका लागि चामल र दाल सहितको खाद्य सामग्री शुक्रबार उपलब्ध गराइएको हो ।

राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र क्षेत्रका विभिन्न ८ वटा संगठनहरु मार्फत उक्त राहत सामग्री उपलब्ध भएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । उहाँले कुल ६ हजार ७ सय ५० किलोग्राम चामल र ८ सय २५ किलोग्राम दाल उपलब्ध भएको बताउनुभयो ।

अध्यक्ष अधिकारीले प्राप्त राहत सामग्री दैनिक श्रम गरेर जीविको पार्जन गर्ने श्रमिकहरुका लागि वितरण गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);