अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा

dibesh pokhrel

काठमाडौं, ५ जेठ । अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

गायक पोखरेलले यसअघि ‘न्यानो घर’ ‘मन’ ‘समुन्द्र पारी’ ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);