मनिषा कोइरालाको ट्वीट: भारतमा हंगामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मनिषा कोइरालाको ट्वीट: भारतमा हंगामा

manisha koirala

काठमाडौं, ८ जेठ । बलिउडमा मनिषा कोइरालाका दर्जनौं फिल्म चर्चित छन् । भारतमै संघर्ष गरेर बलिउडको फिल्मी क्षेत्रलाई उचाइ दिएकी उनी यतिबेला भारतीय मिडियाको निशानामा छिन् ।

मिडिया मात्र नभई भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरु उनलाई चर्को गाली गरिरहेका छन् भने नेपालीहरुले सम्मानका शब्दहरु खर्चिरहेका छन् । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषाले गरेको एउटा ट्वीटका कारण सामाजिक संजालमा वार चलिरहेको छ ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको खुशीमा उनले नेपाल सरकारको कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् ।

ट्वीटमा यस्तो लेख्छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’manisha koirala

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);