सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार छाै : आकाश अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार छाै : आकाश अधिकारी

काठमाडाैं,२० साउन । चलचित्र निर्माताहरुले चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको बताएका छन्।

कोरोनाका कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले सरकारसँग विभिन्न माग राखेको र ती माग पुरा भए चलचित्र रिलिज गर्न आफुहरु तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको भनाइ छ । अध्यक्ष अधिकारीले सिनेमा हल खोल्ने वातावरण भए सिनेमा रिलिज गर्न सहज हुने बताउनुभयो ।

लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा ३० देखि ३२ हजार र अप्रतक्ष रुपमा एक लाख पचास हजार सम्मले रोजगारी गुमाएका छन् । अधिकारीले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको बताउनुभयो । लकडाउन खुलेपनि चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);