दोस्रो नेपाल आइडल उपाधि रवि ओडलाई | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

दोस्रो नेपाल आइडल उपाधि रवि ओडलाई

ravi oad winner

काठमाडौं, ६ पुस । प्रतिष्ठाको दोश्रो आवाज नेपाल आइडलको उपाधि सुदुरपश्चिमाञ्चल धनगढिका रवि ओडले जितेका छन् ।

‘फुलको आँखामा फुलै ससाअर’ बोलको गीत गायिका आनी छोइङ डोल्माले गाएर कार्यक्रमको सुरुवात भएको थियो ।

ललितपुरको पुल्चोक ईन्जिनेरिङ् क्याम्पसको खेलकुद मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रतिस्पर्धामा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई उछिन्दै धनगढिका रवि ओडले दोश्रो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन् । उनले होन्डा डप्लु आर बि को तर्फबाट एउटा गाडी, नगत रु. २२ लाखको चेक र गोल्डेन ट्रफि पाएका छन् ।

यस्तै, विक्रम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् ।

उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् । त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।

दोस्रो संस्करणको आइडलको फाइनलमा रवि ओड, अस्मिता अधिकारी, सुमित पाठक र विक्राम बराल प्रवेश गरेका थिए ।

 

अघिल्लो समाचार

पछिल्लो समाचार