नुवाकोटमा भूकम्प पीडितको राहत सामग्री नष्ट गरियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नुवाकोटमा भूकम्प पीडितको राहत सामग्री नष्ट गरियो

नुवाकोट, १७ पुस । भूकम्प पीडितलाई वितरण गर्नुपर्ने पाँच करोड रुपैयाँ बराबरको राहत सामाग्री जिल्ला दैवीप्रकोप उद्धार समिति नुवाकोटले ३२ महिनापछि नष्ट गरेको छ ।

स्थान छनोटका विषयमा उत्पन्न विवादका कारण विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा लापरबाही ढंगले थन्क्याइएको पाँच करोड रुपैयाँबराबरको राहत सामग्री काम नलाग्ने अवस्थामा पुगेपछि आगो लगाएर नष्ट गरिएको छ ।

२०७२ साल वैशाख र जेठमा प्राप्त भएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय र स्थानीय राजनीतिक दलबीचको विवादका कारण अहिलेसम्म चिसो भुइँमा भण्डारण गरिएको थियो ।

लामो समय थन्क्याएका कारण खाद्य सामग्री सम्पूर्ण नष्ट गर्नुपर्ने अवस्थामा पुगेको र आधाभन्दा बढी लत्ताकपडा तथा भाडावर्तन प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

विदेशी दातृसंस्थाले भूकम्पलगत्तै पीडितका लागि गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोसाक, भाँडावर्तन, औैषधिलगायत राहत सामग्री उपलब्ध गराएको थियो । धेरै राहत सामग्री बिग्रिएकाले छनोट गर्नै एक साता लाग्ने जिल्ला समन्वय समितिका अधिकृत उपेन्द्र प्याकुरेलले जानकारी दिए ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);