भूकम्पपीडितको रातह सामग्री कुहाएर जलाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भूकम्पपीडितको रातह सामग्री कुहाएर जलाइयो

नुवाकोट,  पुष १५ । भूकम्पपीडितलाई भनेर आएको राहत सामग्री उनीहरूलाई वितरण नै नगरी नष्ट गरिएको छ। २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो।

भण्डारण गरिएका राहत सामग्री २०७२ बैशाख र जेठ महिनामा प्राप्त भएको थियो। प्रशासन कार्यालय र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो। राहत सामग्री राखेको स्थानमै कुहिएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले एक करोड रुपैयाँ भन्दा बढीका सामग्री विदुर नगरपालिका ६ चण्डीपोखरीमा नष्ट गरेको हो।

राहत सामग्री भण्डारण गरिएको स्थान विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट निकालेर नष्ट गरिएको प्रशासनका नायव सुब्बा निलमकुमार भुषालले बताए। सामान प्रहरी, प्रशासन र नगरपालिको रोहबरमा सामग्री नष्ट गरिएको हो। नष्ट गरिएका सामग्री ३४ बोरा लत्ताकपडा, त्रिपाल, बिस्कुट लगायतका सामान रहेका छन्। विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औषधिलगायत छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);