विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग

म्याग्दी, पुस १५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गरेको छ ।

मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गरेका हुन । जग्गा खरिद र भवन निर्माणमा रु १५ लाख नौ हजार सहयोग गरेका खड्का परिवारको सहयोगमा थप दुई कोठे कक्षा कोठा निर्माण गर्न लागिएको वडा सदस्य रामबहादुर खड्काले जानकारी दिए ।

उनिहरुले भवन निर्माणका लागि रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराएका थिए। सोही जग्गामा भवन बनाउन घडेरी सम््याउन रु एक लाख ३५ हजार सहयोग गरेका खड्का परिवारले सरकारी अनुदान अपुग भएपछि रु तीन लाख ५० हजार उपलब्ध गराएका थिए ।

टीकाबहादुर भारतीय सैनिकका सेवानिवृत भूपू हुन भने देवबहादुर पर्यटन व्यवसाय गर्छन । जिल्ला शिक्षा कार्यालय, स्थानीयवासी, विभिन्न संघ संस्थाको रु एक करोड १५ लाखमा निर्माण भएको दुई तले आठ कोठे भवन माथि खड्का परिवारको सहयोगमा थप दुई कोठे ट्रस कोठा निर्माण गर्न लागिएको हो । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच वृद्धि र गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर सहयोग गरेको टीका खड्काले बताए ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । भूकम्प प्रतिरोधात्मक क्षमताको नयाँ भवन अपांगमैत्री छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);