आगलागीपीडितलाई सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आगलागीपीडितलाई सहयोग

शम्भू माली, १५ बैशाख कपिलवस्तु ।
बुधबार दिउसो साढे तिन बजे लागेको आगलागीले कपिलवस्तु महिलावारको ३० घरपरिवार घरबार विहिन बनेका छन । आगलागीबाट घरमा भएको सम्पूर्ण सामान जलेर खरानी भए पछि अहिले त्यहाँका पिडितहरु खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन ।

आगलागीपीडितलाई सहयोग

शम्भू माली, १५ बैशाख कपिलवस्तु । बुधबार दिउसो साढे तिन बजे लागेको आगलागीले कपिलवस्तु महिलावारको ३० घरपरिवार घरबार विहिन बनेका छन । आगलागीबाट घरमा भएको सम्पूर्ण सामान जलेर खरानी भए पछि अहिले त्यहाँका पिडितहरु खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन । कपिलवस्तु प्रकृती प्रकोप व्यवस्थापन समितीको तर्फबाट प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले प्रति परिवारलाई १०,१० हजारको दरले पिडामा मलहमको काम मात्रको रपमा राहत वितरण गर्नु भएको छ ।

 

महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगलागी भएको हो । आगलागीबाट गुल्लु कहारको घरमा पहुना आउनु भएकी कोटवाकी करिब ६० बर्षीय बृद्ध बन्शी प्रजापती घाइते हुनु भएको थियो । घाइतेको शिवराज अस्पाताल बहादुगन्जमा समन्य उपचार पछी उनको अहिले भैरहवामा उपचार भैरहेको छ । आगोबाट ४ बाख्रा, २ गाई मरेका थिए । आगोले विद्यालयमा अध्ययनरत बालबालिकाले भर्खरै पाएका नयाँ किताब कापी, ड्रेस लगायतका शैक्षिक सामग्री सम्पूर्ण जलेर नष्ट भएको बताइएको छ । खेत खरिहानमा राखिएका पराल, अन्नपात समेत जलेर नष्ट भएको स्थानीय लेखनाथ पाण्डेले बताउनुभयो । दिउँसो साढे ३ बजे लागेको आगो राती ११ बजे मात्र पुर्ण रुपमा निभाइएको थियो ।

 

कृष्णनगरबाट आएको दमकल, विसुनपुर बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक पूर्ण बहादुर कँुवरसहित सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालय गणेशपुर र जगदीशपुर इलाका प्रहरी कार्यालयका प्रहरी टोली र स्थानीय बासिन्दामा आगो नियन्त्रणमा आएको थिए । यसअघि ९ बर्ष अगाडी २०६५ साल बैशाख ८ गते समेत सो बस्तीमा आगलागी हुँदा झण्डै करोडको धनमाल जलेर नष्ट भएको थियो ।

 

रोटरी क्लब अफ कपिलवस्तुले राहत स्वरुप प्रत्येक परिवारलाई ५ जनाको सदस्यलाई पुग्ने अति आवश्यक सामाग्रीहरु त्रिपाल, झोला, गम्छा, धागो , हथौडा, वाल्टि, ब्रस, टुथपेष्ट, कप, प्लेट, कागियो ऐना, बच्चाका लागि खेल सामाग्री,कापी,पानी फिल्टर अक्वा मेशिन,लगायत ७२ प्रकारका सामाग्रीहरु वितरण गरेको छ । यस्तै आगलागी पिडितहरुलाई ,जिल्ला खानेपानी, महिला तथा बालबालिका कार्यालयले सयुक्त रुपमा रातह सामाग्री वितरण गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);