भूकम्पमा परी घाईते भएकाको उपचार सरकारको पहिलो प्राथमिकतामा, तत्काल १० करोड निकाशा | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

भूकम्पमा परी घाईते भएकाको उपचार सरकारको पहिलो प्राथमिकतामा, तत्काल १० करोड निकाशा

काठमार्डौ, कार्तिक १८ भूकम्पमा परी घाईते भएकाको उपचार सरकारको पहिलो प्राथमिकतामा, तत्काल १० करोड निकाशा, राहत वितरण एकद्वार प्रणालीबाट गर्ने निर्णय
सरकारले पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज÷उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५÷५ करोड रुपैया पठाउने निर्णय गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

बैठकले घाईते भएकोको उपचार पहिलो प्राथमिकता रहेको बताएको छ । बैठकले उद्धार कार्यमा कुनै कमी हुन नदिन, घाईते तथा क्षतिको विवरणहरु संकलन एकीकृत विधिबाट गर्ने निर्णय पनि गरेको छ । प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत दिने र राहत सामग्री सुर्खेतमा पु¥याएर हस्तान्तरण गरिने गृहमन्त्रालयले निर्णय गरेको छ ।
सरकारकाअनुसार हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या १३८, उपचाररत २३१ जना रहेका छन् । ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको मन्त्रालयले बताएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);