भूकम्पबाट घाइते सबैको निःशुल्क उपचार गर्ने सरकारको निर्णय, मृतकका परिवारलाई २ लाख राहत दिने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भूकम्पबाट घाइते सबैको निःशुल्क उपचार गर्ने सरकारको निर्णय, मृतकका परिवारलाई २ लाख राहत दिने

काठमाडौै, कार्तिक १९ सरकारले भूकम्पबाट घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने तथा मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
आईतवार बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जाजरकोट भूकम्पबाट घाइते भएका नागरिकहरुको निःशुल्क उपचार गर्ने तथा मृतकका परिवारलाई २ लाख दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

उहाँले सरकारले कोष, उद्धार, तत्काल राहत तथा घाईतेहरुको उपचारमा प्राथमिकता दिनुका साथै भूकम्पबाट बिस्थापित भएका परिवारलाई अस्थायी आवास र सुरक्षा प्रवन्ध मिलाउने निर्णय गरेको बताउनु भयो ।

सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्यस्थल र नेपालगञ्जलाई सहायक स्थल बनाइ खोज, उद्धार र राहत सम्बन्धी कार्य एकद्वार प्रणालीबाट मात्रै गर्ने निर्णय गरेको छ ।

त्यस्तै छिमेकी लगायत मित्रराष्ट्र र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट औपचारिक रुपमा प्रश्ताव भएको सहयोग स्वीकार गर्ने, क्षतिग्रस्त क्षेत्रको पुनः निर्माणलाई एकीकृत कार्ययोजना बनाइ अघि बढाउने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई दैनिक खाजा खर्च उपलब्ध गराउने, जाजरकोटलाई आधार मानेर क्षतिग्रस्त संरचनाको पुनःनिर्माण कार्य अघि

बढाउने, पुनःनिर्माण गर्दा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने निर्णय बैठकले गरेको छ । र
मन्त्री शर्माले भूगर्भविद्लाई लगेर भौगोलिक अध्ययन गराउने, विपद् प्रभावितहरुको लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्री पूर्वतयारी स्वरुप मौज्दात राख्ने निर्णय गरेको जानकारी दिनुभयो । ००००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);