अग्नीपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अग्नीपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय

खोटाङ । जिल्ला विपद व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतीपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा धनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई संयोजकत्वको विपद व्यवस्थापन समितिले गाउँपालिका अध्यक्ष संयोजकत्वको विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतीको विवरणका आधारमा राहत तथा क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।

बैठकले आगलागी पीडितको सहयोगार्थ संकलन हुने राहत एकद्वार प्रणालीमार्फत संकलन र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बाक्सिला बजारमा आगलागीमा पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);