प्रहरीलाई सेनेटाईजर, मास्क र ग्लोब्स वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रहरीलाई सेनेटाईजर, मास्क र ग्लोब्स वितरण

police-lai-samagi-hastantaran2

शम्भू माली
कपिलवस्तु, ५ वैशाख । मायादेवी गाउंपालिका वडा नं. १ पकडी स्थित युवा समाज कल्याण नाम संस्थाले जिल्ला प्रहरी कार्यालयलाई सेनेटाईजर, मास्क र ग्लोब्स वितरण गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष वलीउद्दिन मुसमानको नेतृत्वमा संस्थाका सदस्य र युवा समाजसेवीहरु सहित जिल्ला प्रहरी कार्यालयमा गई प्रहरीलाई २ सय पिस मास्क, २ सय पिस ग्लोब्स, १ सय ७० पिस सेनेटाईजर र १५ लिटर हेण्ड वास हस्तान्तरण गरेका हुन् ।

कोरोना भाईरसको महामारीको उच्च जोखिममा सुरक्षाकर्मीहरु पनि रहेका कारण उनीहरुलाई केही हद सम्म भए पनि सहयोग पुगोस् भन्नका लागि यी सामाग्रीहरु वितरण गरिएको कार्यवाहक अध्यक्ष वलीउद्दिन मुसलमानले बताए । सामाग्री हस्तान्तरणका क्रममा नेकपाका युवा नेता दिपक पाण्डेयले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि २४ घण्टै ड्युटीमा रहने सुरक्षाकर्मीहरु अति संवेदनशील अवस्था हुने हुंदा उनीहरुको सुरक्षालाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

कोरोना भाईरसबाट बच्न चाहिने मास्क, सेनटाईजर, हेण्डवास र ग्लोब्स जस्ता अति आवश्यक सामाग्रीहरु देशमै अभाव भएका बेला सुरक्षाकर्मीहरुमा पनि त्यस्ता सामाग्रीहरुको अभाव नै रहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

यस्तो अवस्थामा हाम्रो सेवा प्रवाहलाई विशेष स्मरण गरेर हामीलाई युवा समाज कल्याण संस्थाले यी सामाग्रीहरु प्रदान गरेकोमा हामी विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं, प्रहरी उपरीक्षक जबराले भने, “स्वास्थ्यकर्मीको साथ साथ सुरक्षाकर्मीहरु पनि कोरोना भाईरसको उच्च जोखिममा छदै छन् । त्यसबाट बच्न यी र यस्ता सामाग्रीहरुले हामीलाई सहयोग पुग्छ ।”

प्रहरी कार्यालयलाई वितरण गरे जस्तैका सामाग्री तथा पिपिई सेट, थर्मल गन समेत कपिलवस्तु अस्पताललाई वितरण गर्ने कार्यक्रम रहेको संस्थाका कार्यवाहक अध्यक्ष वलीउद्दिन मुसलमानले बताए । सो अवसरमा संस्थाका सदस्यहरु कलामुद्दिन मुसलमान, मो. सलीम र चन्द्र कुमार बढई र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

police-lai-samagi-hastantaran

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);