लकडाउनको २५ औं दिन : उपत्यकासहित देशैभरका शहर बजार सुनसान  | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लकडाउनको २५ औं दिन : उपत्यकासहित देशैभरका शहर बजार सुनसान 

kathmandu lockdown

काठमाडौं, ५ वैशाख । जारी लकडाउनको आज २५ औं दिन पनि अन्य दिनजस्तै काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनसान छन् । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बैशाख १५ गतेसम्म देशै भर लकडाउन जारी राख्ने निर्णय गरेपछि बिगत दिन जस्तै आजपनि काठमाडौं उपत्यका सुनसान देखिन्छ ।

सरकारले पहिलोपटक गत चैत ११ गतेदेखि १ हप्ताका लागि लकडाउन गर्ने घोषणा गरेको थियो । तर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले बैशाख १५ गतेसम्म लकडाउन लम्व्याएको हो । अत्यावश्यक र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन् । सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् । लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

यसैगरी काडमाण्डौ उपत्यका बाहिर पनि लकडाउनको कडाइका साथ पालना गरिएको छ । ७७ वटै जिल्ला र सातै प्रदेशका शहर बजार सुनसान छन । जारी लकडाउनमा राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);