लकडाउनको आज २४ औ दिन: लकडाउनमा थप कडाई  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लकडाउनको आज २४ औ दिन: लकडाउनमा थप कडाई 

checking-Police

काठमाडाैं, ४ वैशाख । आज लकडाउनको २४ औ दिन पनि अन्य दिनजस्तै काठमाडौं उपत्यका सहित देशैभरका शहर बजार सुनसान छन् । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बैशाख १५ गतेसम्म देशै भर लकडाउन जारी राख्ने निर्णय गरेपछि बिगत दिन जस्तै आजपनि काठमाडौं उपत्यका सुनसान रहेको थियो ।

सरकारले पहिलोपटक गत चैत ११ गतेदेखि १ हप्ताका लागि लकडाउन गर्ने घोषणा गरेको थियो । तर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले बैशाख १५ गतेसम्म लकडाउन लम्व्याएको हो । सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ । सडकमा अत्यावस्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् । लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौ उपत्यकामै कोरोना संक्रमित भेटिएपछि त्रासले सर्वसाधारण घरबाहिर निस्केका छैनन् ।

यसैगरी काठमाडौं उपत्यका बाहिर पनि लकडाउनको कडाइका साथ पालना गरिएको छ । ७७ वटै जिल्ला र सातै प्रदेशका शहर बजार सुनसान छन् । जारी लकडाउनमा राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);