तारे होटललाई क्वारेन्टाइन बनाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

तारे होटललाई क्वारेन्टाइन बनाइने

quarentine

काठमाडाैं, ४ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

मन्त्री मानन्धरले उपत्यकाका क्वारेन्टाइनको स्थलगत अनुगमनपछि तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्नुपर्ने सुझाव पेस गर्न लागिएको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);