पाँच तारे होटल र अस्पतालमाथि लालबाबुको कार्बाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

पाँच तारे होटल र अस्पतालमाथि लालबाबुको कार्बाही

काठमाडौं,१३ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्ड विपरित संचालन गरिएका पाँच तारे होटल र ठूला अस्पतालहरुमाथि कार्बाही सुरु गरेका छन् । मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्यांकन ‘इआईए’ नगरी संचालनमा आएका ११ वटा संस्थाहरुमाथि ५० हजारदेखि १ लाखसम्म जरिवाना गर्ने निर्णय गरेका हुन् ।

मापदण्ड पूरा नगरी संचालन गरेको भन्दै काठमाडौंको सोल्टी होटल र बत्तीसपुलीमा रहेको द्धारिकाज होटललाई १ लाख जरिवाना तिराउने निर्णय गरिएको छ । ठमेलस्थित काठमाडौं गेष्ठ हाउसलाई पनि १ लाख जरिवाना तिराइने भएको छ । यस्तै मन्त्रालयले तनहुँस्थित अरनिको आवुखैरेनी सिमेन्ट, मोरङस्थित कमला रोलिङ मिल्स, काठमाडौंको बालाजुस्थित काठमाडौं दुध वितरण आयोजनालाई ५० हजार जरिवाना गराउने भएको छ ।

अहिले गरिएको कारबाही सामान्यमात्रै भएको भन्दै मन्त्री पण्डितले नियम नमान्ने र वातावरण विग्रार्नेहरुमाथि अझै कडा कार्बाही गर्ने चेतावनी दिएका छन् ।
कलंकीस्थित नेपाल नेशनल हष्पिटल, महाराजगंजस्थित अन्तराष्ट्रिय मैत्रीवाल अस्पताल, भृकुटीमण्डपस्थित काठमाडौं मोडल अस्पताल, त्रिपुरेश्वरस्थित काठमाडौं अस्पताललाई पनि वातावरण संरक्षण ऐन अनुसार कार्वाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);