म्याद सकिएको औषधि बेच्ने भरतपुरका ६ मेडिकल कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

म्याद सकिएको औषधि बेच्ने भरतपुरका ६ मेडिकल कारबाहीमा

काठमाडौं । म्याद सकिएको औषधि बेचेको आरोपमा चितवन भरतपुरको ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। म्याद सकिएसँगै मापदण्ड पूरा नगरेका औषधि बेच्ने तथा क्लिनिक सञ्चालनको अनुमति नलिएको भन्दै उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।

कारबाही पर्नेमा चितवनको भरतपुरमा सञ्चालित नवल पोलिक्लिनिक, मिराकल फर्मा, नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, अपोलो डेन्टल र रिजन फार्मेसी छन् ।

कारबाहीमा परेका मेडिकललाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ। चाडपर्वका बेला अनियमितता धेरै हुने भएको भन्दै अहिले स्थानीय प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);