१९५० को सन्धी परिमार्जन गर्न भारत सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

१९५० को सन्धी परिमार्जन गर्न भारत सकारात्मक

काठमाडौं, १३ फागुन ।  नेपाल–भारतबीच सन १९५० मा भएको सन्धी परिमार्जन गर्न भारत सकारात्मक भएको छ । काठमाडौंमा दुई दिनसम्म चलेको प्रवुद्ध समुहको सातौ बैठकपछि पत्रकार सम्मलेनमा प्रवुद्ध समूहका भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले सन्धी पुनरावलोकनका लागि भारत सकारात्मक रहेको बताएका छन् ।

कोशियारीले नेपाल र भारतबीच सन्धी परिमार्जन गर्न प्रवुद्ध समूह गठन हुँदा नेपालमा केपी ओली नै प्रधानमन्त्री रहेको भन्दै अहिले पनि ओली प्रधानमन्त्री भएकाले दुई देशबीचको सन्धीमा परिमार्जन गर्न सहज हुने बताए। बैठकमा सन्धी, खुला सीमा व्यवस्थापन, सीमा अतिक्रमण, सुरक्षा लगायतका विषयमा सकरात्मक छलफल भएको नेपालतर्फका समूहका सदस्य भेषबहादुर थापाले बताए।

समूहको समय चार महिना बाँकी रहेकाले सो समय भित्र प्रतिवेदन तयार पारेर दुबै देशको सरकारलाई बुझाउने भएको छ । ईपीजीको आठौँ  बैठक अर्को महिना दिल्लीमा बस्ने छ । विज्ञहरुले आठौं बैठक अन्तिम हुने दाबी गरेका छन् । दुईदिनसम्म काठमाडौमा चलेको बैठक आज सकिएको हो ।

ताजा समाचार