नेपाल–भारतबीच भएका असमान सन्धि परिमार्जन गर्न थापाको सुझाव | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

नेपाल–भारतबीच भएका असमान सन्धि परिमार्जन गर्न थापाको सुझाव

kamal thapa

हेटाैँडा, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारतबीच भएका असमान सन्धि परिमार्जन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा अध्यक्ष थापाले नेपालको हित विपरित भएका सन्धि सम्झौतालाई सुधार गर्ने विषयलाई प्रधानमन्त्री ओलीले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले सन् १९५० मा भएको नेपाल–भारतबीचको सन्धि नेपालको हितमा नरहेको पनि स्मरण गरे । बिहीबार हेटौडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल–भारत प्रवुद्ध समूहको म्याद ६ महिना पुनः थप गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष थापाले हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउन लागिपर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

ताजा समाचार