सहकारीको माध्यमबाट मुलुकमा दिगो विकास : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

सहकारीको माध्यमबाट मुलुकमा दिगो विकास : प्रचण्ड

काठमाडौं, २२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई अभाव हुन नदिने गरी मुलुकको आर्थिक विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले सहकारीको माध्यमबाट मुलुकमा दिगो विकास गर्न सरकार सक्षम हुने विश्वास व्यक्त गरे । राष्ट्रिय सहकारी महासम्मेलनको बिहीबार काठमाडौंमा समापन गर्दै उनले सामाजिक न्यायमा आधारित भएर समाजका सबै तहलाई सम्पन्न बनाउने सवैधानिक व्यवस्था कार्यान्वयन गरेर अघि बढनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले जनतालाई समृद्ध बनाउन आफूहरुले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधानमै गर्नु परेको स्पष्ट पारे ।