सिंहदरबार भित्र ‘दिगो विकास स्रोत केन्द्र’ को स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिंहदरबार भित्र ‘दिगो विकास स्रोत केन्द्र’ को स्थापना

digo bikash shrot kendra1

काठमाडौं, ८ मंसिर । राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले सिंहदरबार भित्र ‘दिगो विकास स्रोत केन्द्र’ को स्थापना गरेको छ । आइतबार केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारबीच एकीकृत योजना नबनेसम्म दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले स्थानीय तहमा धेरै बजेट गएको अवस्थामा दिगो विकासको लक्ष्य प्राप्तीका लागि सबै स्थानियतहमा युनिट श्रृजना गरि विकास योजनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समितिकी सभापति तारादेवी भट्टले सरकारले अख्तियार गरेको सन्तुलित दिगो विकास तथा सुशासन प्रवद्र्धन गर्ने सन्र्दभमा श्रोत केन्द्रले ठुलो योगदान पुर्याउने बताउनुभयो ।

दिगो विकास लक्ष्य हासिलका लागि सरकारलाई सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना गरिएको दिगो विकास स्रोत केन्द्रमा दिगो विकासका १७ वटा क्षेत्रहरुलाई समेट्ने गरि इन्फोग्राफिक्सको माध्यमबाट तथ्याङक राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);