संक्रमणकालीन न्याय सम्पादनमा सरकार गभ्भीर भएन : अध्यक्ष शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

संक्रमणकालीन न्याय सम्पादनमा सरकार गभ्भीर भएन : अध्यक्ष शर्मा

Anupraj sharma

काठमाडौं, ८ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप राज शर्माले संक्रमणकालिन न्याय सम्पादनको लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सुरक्षा र दण्डहिनता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले संक्रमणकालीन न्याय सम्पादनमा सरकार गम्भीर नभएको बताउनु भएको हो । उहाँले संक्रमणकालिन न्याय ब्यबस्थापनमा प्रतिबद्धता जनाएको १३ वर्ष बितिसक्दा एउटा पनि विवाद समाधान नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष शर्माले सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी बिधेयक ल्याउने,कानून संसोधन गर्ने कार्यले संसय पैदा भएको बताउनु भयो । उहाँले मानव अधिकार र प्रेस स्वतन्त्रताको विषयमा निरन्तरको खबरदारी गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);