'संघीय सरकारसँग बिवाद गरेर अघि बढ्ने पक्षमा छैनौ' | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

‘संघीय सरकारसँग बिवाद गरेर अघि बढ्ने पक्षमा छैनौ’

dalit patrakar

काठमाडौं, ८ मंसिर । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारसँग बिवाद गरेर जान नहुने बताउनु भएको छ । मन्त्री जम्कट्टेलले प्रदेश ३ को सरकार संघीय सरकारसँग बिवाद गरेर जाने पक्षमा नरहेको पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रिय दलित पत्रकार संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जम्कट्टेलले प्रदेश सरकारका लागि आवश्यक कानुनहरुको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको तर्क गर्नु भयो ।

मन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकार दिने कुरामा पनि संघीय सरकारले कन्जुस्याई नगरेको बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने एजेन्डामा सबैलाई आवद्ध भएर अघि बढन पनि आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);