दशगजा क्षेत्रमा अतिक्रमण गरी खेतीपाती र व्यवसाय गर्ने क्रम बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दशगजा क्षेत्रमा अतिक्रमण गरी खेतीपाती र व्यवसाय गर्ने क्रम बढ्दै

dasgaja chetra ma bebasaya

बारा, ८ मंसिर । नेपाल र भारतबीचको सीमा स्तम्भ हराउँदै गएपछि दशगजा क्षेत्र भित्र दुबै पक्षका जनताहरुले अतिक्रमण गरी खेतिपाती र घरटहरा निर्माण गरी व्यावसाय गर्ने क्रम बढेको छ । बारा जिल्लाको सिमा क्षेत्र मटिअर्वा, बसन्तपुर, दक्षिण झिट्कैया, बेल्दारी, बगही, हर्दिया लगायतका सिमावर्ती क्षेत्रमा अतिक्रमण गरी खेतीपाती तथा व्यवसाय गर्ने क्रम बढेको हो ।

नेपाल र भारतको सीमामा राखिएको स्तम्भहरु हराउँदै गरेको फाइदा उठाई दुबै पक्षका स्थानीयहरुले दसगजा क्षेत्र अतिक्रमण गरी खेतीपाती तथा घरटहरा बनाई व्यवसाय गर्न थालेका छन् । दशगजामा दुबै पक्षका नागरीकले खेतीपाती गर्ने र दशगजा मंै निर्विबाद रुपमा पसल सञ्चालन गर्ने गरेका छन् ।

दशगजाको अधिकांस भु–भागमा घरटहरा, गोठ र खेतीपाती गरेको देखिन्छ । बारा मटिअर्वा भन्सार दशगजामा बिगत १० वर्षदेखि दर्जनौं पसल सञ्चालन गर्दै आएपनि दुबै तर्फबाट आफुहरुलाई कोहि कसैले केही नभनेको उनीहरुको भनाई छ ।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले नेपाल तथा भारतीय दुबै पक्षबाट दशगजा अतिक्रमण भएको स्वीकार्दै सीमामा भए गरेका सबै गतिविधि केन्द्रमा जानकारी गराउने गरेको बताउनु भयो ।

सीमा सुरक्षा कै लागि भारतले बाराको सीमावर्ती क्षेत्र झरोखर, घोडासहन, छौंडादानो, महुवा, आदापुर, हरपुर र नरकटियागंजमा सहायक थाना खडा गरेको छ, भने नेपालले पनि बारा जिल्लाको ६० किलोमिटर सीमानामा ६ वटा सिमा पोष्ट राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);