बाजुरामा वन अतिक्रमण गर्ने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बाजुरामा वन अतिक्रमण गर्ने क्रम बढ्यो

बाजुरा, ५ साउन । बाजुरामा बन अतिक्रमण गर्ने क्रम बढेको छ । पछिल्लो समय जथाभावी वन फडानी गरी होटल सञ्चालन गर्ने देखि जडीबुटि चोरी निकासी गर्ने गरिएको छ ।

बजुराको बुढीनन्दा नगरपालिका–९ र बडिमालिका नगरपालिका–७ को बीचमा पर्ने वन क्षेत्रमा होटल सञ्चालन गरिएको छ । त्यस्तै बुढिनन्दा नगरपालिका–९ र १० बडिमालिका नगरपालिका–७ को बीचमा पर्ने पोरखे लेकस्थित वन क्षेत्रमा पनि स्थानीयले वन अतिक्रमण गरी बसोबास गरिरहेका छन् ।

त्यस्तै जथाभावी वन फडानी गर्ने र जडीबुटि चोरी निकासी गर्ने क्रम पनि बढेको छ । जिल्ला वन कार्यालय बाजुराले भने वन अतिक्रमण गरी बनाइएका संरचना केहीदिन भित्रै हटाउने बताएकोछ ।

पोरखे लेकबाट काठ बन्यजन्तुको चोरी सिकारी पनि बढ्दै गएको स्थानीय राम बहादुर धामीको भनाइ छ । यस क्षेत्रमा पटक–पटक सुरक्षाको माग गरे पनि कसैले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);