महलीसागर बाँधका कारण सात सय हेक्टर धानखेत डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महलीसागर बाँधका कारण सात सय हेक्टर धानखेत डुबानमा

dhan duban

कपिलवस्तु, ६ साउन । असार दोस्रो साता यशोधारा गाउँपालिका ५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे ।

अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् । खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो ।

बाँधका कारण कर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ । यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन् । बाँधका कारण सात सय बिघाजति खेत डुबानमा पर्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);