दशगजाको बाँधले नेपाली गाउँ डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दशगजाको बाँधले नेपाली गाउँ डुबानमा

dashagaja -badha-Duban

काठमाडौं, ९ असार । भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँधका कारण नेपाली भूभाग डुबानमा परेका छन्। शनिबार रातीदेखि परेको पानीका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरू डुबानमा परेका हुन्। पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि सीमावर्ती नेपाली गाउँहरू डुबानमा परेका हुन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका सय बढी घरहरू डुबानमा परेको बताए। उनका अनुसार, नरैनापुरको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरू डुबानमा परेका छन्। यी गाउँका सय बढी घरहरू डुवानमा परेको र एक दर्जन भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो।

वर्षाले पुल, कल्भर्टको दुवैतिर कटान गरेको छ। धेरै घरभित्र पसेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका इन्चार्ज वीरेन्दवीर विश्वकर्माले बताउनुभयो। गाउँपालिकाको वडा न– १, कटकुइयास्थित वडा कार्यालयमा पानी पसेको छ। गाउँपालिकाका अध्यक्ष शाहको टोलीले बाढीप्रभावित ठाउँको अवलोकन गरेको छ।

लामो समयपछि नेपालगन्ज क्षेत्रमा पानी परेको छ। भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले नेपालगन्जको पानीको निकास पनि रोक्ने गर्दछ। लामो समय पछि पानी परेकाले अहिले जमिनले पानी सोसे पनि निरन्तर वर्षा हुँदा यहाँको पानीको निकास भारततिर हुँदै आएको छ। त्यतिबेला भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले पानीको प्राकृतिक बहाव रोकिदिएर नेपालगन्जसमेत डुबानमा पर्ने जानकारहरू बताउँछन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);