प्रदेश र स्थानीय तहलाई सबै अधिकार : मन्त्री पण्डित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेश र स्थानीय तहलाई सबै अधिकार : मन्त्री पण्डित

lalbabu pandit

काठमाडौं, १० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गर्नु भएको छ ।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि आग्रह गर्नु भयो । संविधानले तीन वटै तहको सरकारलाई सहकार्यमा अघि बढ्न निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उहाँको भनाई थियो ।

मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री पण्डितले पर्याप्त अधिकार दिइएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई त्यसको भरपुर उपयोग गर्न पनि सचेत गराउनु भयो ।

उहाँले संघीय सरकार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको पनि बताउनु भयो । मन्त्री पण्डितले केहीले सिंहदरबारको अधिकार गाउँमा नपुगेको भने पनि त्यसमा सत्यता नरहेको दावी गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);