सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयक आधारित भएर ल्याएको छ: मन्त्री ईश्वर पोख्रेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयक आधारित भएर ल्याएको छ: मन्त्री ईश्वर पोख्रेल

ishwor pokhrel

काठमाडौं, १० असार । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलले सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयकमा नै आधारित भएर ल्याएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत रक्षा मन्त्रालय शिर्षकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिदै मन्त्री पोख्रेलले सरकारले तत्काल बनाएको भन्दा पनि २०७३ र २०७५ सालको विधेयकको आधारमा राष्ट्रिय सुरक्षा नीति बनाएको बताउनुभएको हो ।

मन्त्री पोख्रेलले मुलुकमा सेना परिचालन गर्नुपर्ने अवस्था आएमा राष्ट्रिय सुरक्षा परिषद्बाट अनुमोदन गर्नुपर्ने भएकाले यदि परिषद् बैठक बस्न नससेको खण्डमा पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरि प्रधानमन्त्रीले अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । यसैगरी बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भईरहेको बताउनुभयो ।विनियोजन विधेयक अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शिर्षकमा सांसदले उठाएका जिज्ञासामा उहाँले वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाईएको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले स्वास्थ्य मन्त्रालय अन्र्तगतका कर्मचारी समायोजनको समस्या चाडै समाधान गर्ने प्रयास भईरहेको स्पष्ट पार्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);