मुलुक समृद्ध बनाउने अभियानमा केन्द्रित हुन मन्त्री पोखरेलको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

मुलुक समृद्ध बनाउने अभियानमा केन्द्रित हुन मन्त्री पोखरेलको आह्वान

काठमाडौं, २८ भदौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गर्नु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले कृषि, उद्योग, उर्जा, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै त्यसैमा केन्द्रित भएर सबैले आ–आफ्नो नीति, कार्यक्रम र योजनालाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले सबै राजनीतिक दलहरुलाई पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सम्बोधन हुने गरी दृष्टिकोण अघि सार्न आग्रह गर्नु भयो । शनिबार काठमाडौंमा आयोजित ‘किसानहरुसँग सहकार्य’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा कृषि क्षेत्रको योगदानलाई बढाउन सरकारले भू–उपयोग नीतिमै परिवर्तन गर्न चाहेको पनि स्पष्ट पार्नु भयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले नयाँ–नयाँ प्रविधि भित्र्याएर कृषि क्षेत्रको आधुनिकीकरण हुने गरी नीति, कार्यक्रम र योजना तय गरेको दावी पनि गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);