सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित छ: ईश्वर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित छ: ईश्वर पोखरेल

ishwor pokharel

काठमाडौं, ११ माघ । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताएका छन् ।

पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अव आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुःखी नेपाली’को अभियानलाई अघि बढाएको स्पष्ट पारे । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उनले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन, कानुनलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता पनि जनाए ।

पोखरेलले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न महिलाहरुको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए । २ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एशीयाली क्षेत्रमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);