आज १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आज १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेन

samsadh

काठमाडौं, ११ माघ । आज १ बजेका लागि बोलाइएको संसद बैठक अहिले सम्म बस्न सकेको छैन ।

प्रतिनिधि सभाको आजको कार्यसूचीमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची रहेको छ । सरकार उक्त बिधेयकलाई जसरी पनि पारित गर्ने पक्षमा छ भने प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस अनसनरत वरिष्ठ चिकित्सक गोबिन्द केसीको माग सम्बोधन नभएसम्म त्यसलाई रोक्ने पक्षमा रहेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले आफना पार्टीका नेता तथा पूर्वप्रधानमन्त्रीद्वय गिरिजा प्रसाद कोइराला र शुशील कोइरालाका नाममा स्थापना भएका २ वटा अस्पताल केन्द्र सरकार मातहत नल्याएसम्म संसद बैठक अवरोध गर्ने अडानमा रहेको छ । कांग्रेसले यसअघि प्रतिनिधि सभाको २ वटा बैठक अवरुद्ध गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);