हिजो अबरुद्ध दुवै सदनको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिजो अबरुद्ध दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ, २२ जेठ । संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ ।

आइतबार एमाले, रास्वपा र राप्रपाले अवरुद्ध गरेपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगन भएको जानकारी दिएका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्नै नसकेको हो ।

यसैगरी, हिजो अबरुद्ध भएको राष्ट्रिय सभा बैठक पनि आज १ बजेका लागि बोलाइएको छ । विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);