नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को सातौं बैठक काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को सातौं बैठक काठमाडौंमा

nepal india

काठमाडौं, १२ फागुन । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को सातौं बैठक काठमाडौंमा बसेको छ । बैठक सन् १९५० को शान्ति तथा मैत्री सन्धिको परिमार्जनमा केन्द्रीत भएको छ । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारका लागि प्रयास गरिरहेका बेला नेपालले आफ्नो प्रतिकुल रहेका सन्धिका दफा परिमार्जनमा भारतलाई मनाउनसक्नुपर्ने परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन् ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धी सम्झौता भएदेखि नै विवादमा छ । विवादमा परेकै कारण नेपालका हरेक प्रधानमन्त्री भारत भ्रमणमा जाँदा सन्धि परिमार्जन र पुनरावलोकनको चर्चा हुने गरेको छ । तर प्रधानमन्त्री स्वदेश फर्किएसँगै सन्धि परिमार्जनको विषय सेलाउने गरेको छ । खासगरी भारतीय पक्षको बेवास्ताका कारण सन्धि परिमार्जन गर्नुपर्ने नेपालको माग सम्बोधन हुन नसकको हो । नेपालले २० वर्ष पहिले सन् १९९८ मा सन्धि परिमार्जनका लागि मस्यौदा नै तयार पारेको थियो ।

त्यो मस्यौदा भारतीय प्रधानमन्त्री आइ के गुजरालको टेबलमा थन्किएको थियो । तर यतिखेर भारत सन्धि परिमार्जनका लागि तयार देखिएको छ । भारत तयार भएकै कारण २० वर्ष पहिले नेपालले तयार पारेको खाकामा टेकेर तयार पारिएको सन्धि परिमार्जनको मस्यौदामाथि नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को सातौं बैठक केन्द्रीत भएको छ । नयाँ दिल्लीमा भएको छैटौं बैठकमा भएको सहमति अनुसार सन्धिका दफा २, ५, ६ र ७ परिमार्जनमा बैठक केन्द्रीत भएको हो ।

भारत पछिल्लो समय नेपाललाई, अझ खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुशी तुल्याउनतिर लागेको छ । ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा ६ महिनासम्म नाकाबन्दी लगाएर चिढ्याएको भारतले यसपटक ओलीलाई खुशी तुल्याउन न्वारनदेखिको बल प्रयोग गरिरहेको छ । गत मंसिरमा भएको निर्वाचनबाट एमाले सबैभन्दा ठूलो दल बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दुई पटक टेलिफोन गरेर वधाइ दिए भने ओलीसँगको सम्बन्ध सुधारका लागि विदेशमन्त्री सुस्मा स्वराजलाई काठमाडौं उतारे । नाकाबन्दीका बेला उत्तरी छिमेकी चीनसँग यातायात तथा पारवहन सन्धि गर्ने सम्झौता गरेका ओलीलाई चीनबाट टाढा राख्न पनि भारतले बढ्ता लचकता देखाएको हो ।

त्यो लचकताको रुप ओलीको ६७ औं जन्मदिनमा पनि देखिएको छ । भारतीय राजदूत मञ्जिवसिंह पुरीले ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर शुभकामना दिएको विषयलाई परराष्ट्र मामिलाका जानकारहरुले ओलीलाई फकाउने भारतीय अस्त्रका रुपमा लिएका छन् । भारतको लचकता र ओलीलाई फकाउने अस्त्र शान्ति तथा मैत्री सन्धिमा झल्किनुपर्ने परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन् । नेपालले आफ्नो प्रतिकुल रहेका दफा परिमार्जनका लागि ईपीजीको सातौं बैठकलाई भारतलाई मनाउने अवसरका रुपमा सदुपयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);