नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको सातौं बैठक काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको सातौं बैठक काठमाडौंमा सुरु

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)को सातौं बैठक काठमाडौंमा सुरु भएको छ । बैठक सन् १९५० को शान्ति तथा मैत्री सन्धिको परिमार्जनमा केन्द्रीत भएको छ ।

nepal india

काठमाडौं, १२ फागुन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)को सातौं बैठक काठमाडौंमा सुरु भएको छ । बैठक सन् १९५० को शान्ति तथा मैत्री सन्धिको परिमार्जनमा केन्द्रीत भएको छ । आठौं बैठकपछि ईपीजीले प्रतिवेदन पेश गर्ने भएकाले आजको बैठक शान्ति तथा मैत्री सन्धिको परिमार्जनमा केन्द्रीत भएको हो ।

बैठकमा शान्ति तथा मैत्री सन्धिको परिमार्जन सम्बन्धमा नेपालले २० वर्ष पहिले तयार पारेको खाकालाई आधार मानेर तयार पारिएको मस्यौदामाथि छलफल भइरहेको छ । सन्धि परिमार्जनका लागि नेपालले सन् १९९८ मा भारतसमक्ष मस्यौदा पेश गरेकामा उक्त मस्यौदा भारतीय प्रधानमन्त्री आइ के गुजरालको टेबलमा थन्किएको थियो । तर भारत छलफलका लागि तयार भएपछि २० वर्ष पहिलेको खाकामा टेकेर तयार पारिएको मस्यौदा आजको बैठकमा पेश गरिएको हो । सन् १९५० को शान्ति तथा मैत्री सन्धि सम्झौता भएको दिनदेखि नै विवादमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);