हात्तीको आक्रमणबाट झापामा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हात्तीको आक्रमणबाट झापामा दुई जनाको मृत्यु

elephant

झापा, १२ फागुन । झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ६५ वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँको ज्यान गएकाे इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनीहरू निर्चाझोडा सामुदायिक वनमा दाउरा काट्न गएका थिए ।

दाउरा काट्न गएको बेला उनीहरुलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हालसम्म झापामा हात्तीको आक्रमणबाट ३० भन्दा बढीको मृत्यु भइसकेको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);