धादिङकी १६ वर्षीया अनिता गुरुङका दुवै मृगौला फेल, उपचारमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धादिङकी १६ वर्षीया अनिता गुरुङका दुवै मृगौला फेल, उपचारमा समस्या

शिखा श्रेष्ठ

धादिङ, १२ फागुन । रोगले न उमेर भन्छ न धनी गरिब नै । कतिबेला कसलाई रोग लाग्छ पत्तो हुँदैन । त्यस्तै भएको छ धादिङ नीलकण्ठ नगरपालिका ५ धुषेनीका १६ वर्षीया अनिता गुरुङलाई । कक्षा १० मा पढ्ने अनिताको दुइवटै मृगौला फेल भएपछि उपचारमा समस्या भएको छ । उनी सहयोगको आशामा राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा उपचार गराइ रहेकी छिन् ।

धादिङ नीलकण्ठ नगरपालिका ५ धुषेनीकी कक्षा १० मा पढ्ने अनिता पढाईमा मात्र होईन अतिरिक्त क्रियाकलापमा समेत अब्बल छिन् । तर सानै उमेरमा दुवै मृगौला फेल भएपछि अनितालाई आफ्नो सपना चक्नाचुर हुने चिन्ताले पिरोलिरहेको छ । सामान्य खेती किसानी गर्ने परिवारकी छोरी अनिताको उपचारका लागि आर्थिक अभाव भएको छ ।

अनिताको उपचारमा अहिलेसम्म ९ लाख सकिएको छ । हप्तामा दुईपटक डायलसिस गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको हो । छोरीलाई नयाँ जीवन दिनको लागि अनिताका बुबाले आफ्नै मृगौला दिने निर्णय गरेका छन् । तर मृगौला प्रत्यारोपण गर्ने रकम उनीसँग छैन ।

खाउँखाउँ र लाउँलाउँ भन्ने कलिलो उमेरमा छोरीको दुवै मृगौला फेल भएपछि यमबहादुरले सहयोगका लागि अपिल गरेका छन् । देशको सेवा गर्ने उद्देश्य बोकेकी अनितालाई सहयोगी मनहरुले सहयोग गर्ने हो भने उनको जीवन बदलिने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);